बालेनजस्तै स्वच्छन्द कविता
‘लेख्न पाउँछु र त जीवन छ नत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’ झट्ट हेर्दा, यो कुनै लेख वा उपन्यासको अंश वा कसैले कहीं कलात्मक भंगिमा उजागर गरेको संवादको एक अंश लाग्छ । तर होइन, यो एक सिंगो कविता हो, जो हालै प्रकाशित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कविता पुस्तक ‘अश्र’ मा समाहित छ ।