कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

जेठ १ मा एमाले विद्यार्थी संगठन अनेरास्ववियुको 'विद्यार्थी महोत्सव'

अखिल क्रान्तिकारीले पनि डिजिटल खुल्ला वक्तृत्वकला गर्ने

काठमाडौँ — आगामी जेठ १ गते देखि एमाले निकट अनेरास्ववियुले काठमाडौंको भृकुटीमण्डपमा ३ दिने विद्यार्थी महोत्सवको आयोजना गर्ने भएको छ ।

जेठ १ मा एमाले विद्यार्थी संगठन अनेरास्ववियुको 'विद्यार्थी महोत्सव'

विद्यार्थी संगठनको ६० औं स्थापना दिवसको अवसरमा महोत्सवका आयोजना गरिएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।

महोत्सवमा विविध विश्वविद्यालयबारे जानकारी, करियर काउन्सिलिङ, युवा संसद बहस, सांस्कृतिक प्रर्दशनी, रक्तदान, स्वास्थ्य शिविर, इ–गेमिङ प्रतियोगिता, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, लाइभ म्युजिक लगायतका विद्यार्थी केन्द्रीत कार्यक्रमहरु हुने जनाइएको छ ।

त्यस्तै जेठ १ गते माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ बिषयक प्रतियोगिता हुने क्रान्तिकारीका सचिव उपदेश यादवले जनाए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ५९, ३९ र १९ हजार नगद पुरस्कार प्रदान गर्ने उनले बताए । सहभागीले वक्तृत्वकलाको भिडियो बनाई क्रान्तिकारीलाई पठाउनुपर्नेछ ।

प्रकाशित : वैशाख १८, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?