गुल्जार सगरमाथा आधारशिविर
समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर । सगरमाथा चढ्नका लागि पहिलो ढोका मानिने यहाँ यतिबेला आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको चहलपहलले माहोल गुल्जार छ । आधारशिविर यतिबेला रंगीविरंगी टेन्टले आकर्षक देखिन्छ । आरोहीमा विश्वकै उच्च शिखर सगरमाथामा पुग्ने उत्साह उस्तै छ ।