२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

शनिबारदेखि बृहत एजुकेसन कन्क्लेभ हुँदै

काठमाडौँ — शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङको आयोजनामा आगामी शनिबारदेखि  जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने भएको छ । लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै राइटपाथ कन्सल्टिेन्सिले ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो ।

शनिबारदेखि बृहत एजुकेसन कन्क्लेभ हुँदै

कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ तथा ८ गते ललितपूरमा सम्पन्न हुने तालिका रहेको राइटपाथले जनाएकाे छ । कन्क्लेभमा २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै छानामुनी भेट्न सकिने राइटपाथले जनाएकाे छ।

कन्क्लेभ लक्षित गरी राइटपाथले विभिन्न अफरहरु ल्याएकाे छ । एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्परहरुको पनि व्यवस्था गरिएको छ । यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको राइटपाथले जनाएके छ ।

‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ,' राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने ।विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने उनले बताएका छन् । अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनकाे भनाइ छ ।

प्रकाशित : वैशाख २७, २०८१ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?