२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

टीभीएसको ‘आईक्यूब ईलेक्ट्रिक स्कुटर’  सार्वजनिक 

काठमाडौँ — दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ ‘टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर’ सार्वजनिक गरेको छ ।  ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ पाउनेछ ।

टीभीएसको ‘आईक्यूब ईलेक्ट्रिक स्कुटर’  सार्वजनिक 

नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध छ । ग्राहकले टिभिएस आईक्यूब २ लाख ९९ हजार ९ सय रुपैयाँमा खरिद गर्न सक्नेछ । टिभिएस आईक्यूवका दुई पांग्रे सवारी साधनले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरी १० हजार २ सय ७५ लिटर इन्धन बचत गरेको छ । वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ ।

नेपालमा ३३ डिलरहरूमा टीभीएसको ‘आईक्यूब ईलेक्ट्रिक स्कुटर’ उपलब्ध हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सक्ने जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए ।

प्रकाशित : वैशाख १२, २०८१ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?