१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

फोनपे पेमेन्टको ‘डोमेस्टिक क्रेडिट कार्ड’ सुरु

काठमाडौँ — फोनपे पेमेन्ट सर्झिस लिमिटेडले डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलसँगको सहकार्यमा फोनपे पेमेन्ट सर्भिस पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुआत गरेको हो ।

फोनपे पेमेन्टको ‘डोमेस्टिक क्रेडिट कार्ड’ सुरु

मुलुकको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरु भएको कम्पनीको दाबी छ । मुलुकका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो ग्राहकलाई फोनपे कार्ड स्किमअर्न्तगत रही पूर्णरुपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एप मार्फत उपलब्ध गराउनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको दाबी छ । बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप मार्फत लिन सक्नेछ ।

प्रकाशित : वैशाख ११, २०८१ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?