२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण

काठमाडौँ — लेखक काङमाङ नरेश राईको गोर्खा भर्तीबारे लेखिएका ऐतिहासिक तथा अनुभूतिपरक निबन्धको पुस्तक ‘पानी पतिया’ मण्डला थिएटरमा आइतबार लोकार्पण गरिएको छ।

नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण

मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी यमि भट्टराई तथा समीक्षक गुरुङ सुशान्तले पुस्तकको विमोचन गरे। चाम्लिङले पुस्तक गोर्खा भर्तीको इतिहास र भर्ती भएर जानेहरूले बेहोरेको दुःख पनि भएको बताए।

भट्टराईले पुस्तकमा गोर्खा भर्तीको इतिहास र उनीहरू अहिले संगठित हुनुपरेको अवस्था पनि किताबमा आएको बताइन्। ‘हामी वीर नेपाली भनेर गर्व गर्छौं। त्यो भाष्य गोर्खाहरूका कारण बनेको हो। यो पुस्तकले वीर नेपाली भाष्यको पछाडि लुकेको पीडालाई उजागर गरेको छ,' उनले भनिन्।

सुशान्तले पुस्तक ‘दुख्नेले लेख्ने’ दृष्टिकोणबाट लेखिएको बताए। 'सामाजिक न्यायको मुद्दामा दुख्नेले लेख्ने कि देख्नेले लेख्ने भन्ने हुन्छ। पहिलो अनुभूतिबाट लेखिन्छ। दोस्रोमा अनुसन्धान र तथ्य आउँछ,' उनले भने, 'उहाँ आफैँले गोर्खामाथि भएको अन्याय सहनुभएको छ। त्यसैले यो पहिलो दृष्टिकोणबाट लेखिएको छ।'

पुस्तक फिनिक्स बुकले बजारमा ल्याएको हो।

प्रकाशित : वैशाख ११, २०८१ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?