इलाम-२ मा ४० हजार मत खस्यो
प्रतिनिधि सभा इलाम-२ को उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकारी केशवप्रसाद घिमिरेले १ बजे सम्म करिव ४० हजार मत खसिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुको उत्साहजनक सहभागिताले अहिलेसम्म मतदान शान्तिपूर्ण छ ।’ उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।