वर्षौं पुरानो घरलाई मर्मत–सम्भार गरेर शीतल सत्कार दिन होमस्टे
वैशाख लागेसँगै यहाँको तापमान दिनप्रतिदिन बढिरहेको छ । गर्मी बढेर खपिनसक्नु भइरहेका बेला पनि चितवनमै च्यादर ओढेर सुत्नु पर्ने शीतल गाउँ पनि छन् । जिल्लाको पहाडी क्षेत्रमा उखरमाउलो गर्मी खासै हुँदैन । यहाँका युवा टीका गुरुङले इच्छाकामना गाउँपालिका–२ को मायाटारमा सय वर्ष पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याएका छन् ।