१० महिना बित्दा आम्दानी ५७ र खर्च ५९ प्रतिशत
आर्थिक वर्षको १० महिना सकिनै लाग्दा सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँले घाटामा छ । पुँजीगत खर्च निकै न्यून रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारी वित्त घाटा निरन्तर बढिरहेको हो ।
आर्थिक वर्षको १० महिना सकिनै लाग्दा सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँले घाटामा छ । पुँजीगत खर्च निकै न्यून रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारी वित्त घाटा निरन्तर बढिरहेको हो ।
सरकारले जेठ १ मा बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी अघि बढिरहँदा प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति नबनेसम्म संघका दुवै सदनको कामकारबाही अघि बढ्न नदिने संकेत दिएको छ ।
सरकारले डिजिटल नेपालको लक्ष्य हासिल गर्न अपनाउनुपर्ने नीति र परिवर्तन गर्नुपर्ने पक्ष समावेश गरी ई–गभर्नेन्स ब्लुप्रिन्ट अर्थात् विद्युतीय सुशासनको खाका तयार पारेको छ । विश्वभर प्रचलनमा रहेका सफल प्रयासहरूको अध्ययन र उपयुक्त हुन सक्ने पहलहरूलाई समावेश गरेर विद्युतीय सुशासन आयोगले हालै मात्र उक्त खाका तयार पारेको जनाएको छ ।
केही दिनअघि सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खुर्कोट, मुल्कोट, चियाबारी, फेदीलगायत भेगका स्थानीयले सुरुङ निर्माणको काम छिटो अघि बढाउन माग गरे । उनीहरूले चियाबारी–खुर्कोट (बारा) सुरुङ निर्माण गर्ने चर्चा भए पनि थप काम नभएको भन्दै त्यसलाई यथाशक्य अघि बढाउनुपर्ने अडान लिए ।
घटना १४ वर्षअघिको हो । २०६७ जेठ १४ मा चितवनको उत्तरी पहाडमा पर्ने धादिङसँग सिमाना जोडिएको विकट गाउँ कान्दाका बाबुराम चेपाङ परिवारका ८ जनाको मृत्यु भयो । ९ महिने बालक मात्रै बाँचेको त्यो घटना अन्न अभाव भएपछि भोक टार्न जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि निम्तिएको थियो ।
चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ ।
निश्चित उद्देश्यका लागि पाएको हदबन्दीभन्दा बढीको जग्गा अन्य प्रयोजनमा उपभोग वा साटफेर गर्न, मास्न वा बेचबिखन गर्न सर्वोच्च अदालतले स्थायी रूपमै लगाम लगाइदिएको छ । सरकारबाट हदबन्दी छुट पाएको जग्गा दुरूपयोग गर्न मात्र होइन, बाँझो राखेको भेटिए पनि त्यसलाई सरकारकै स्वामित्वमा ल्याउने गरी सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ ।
कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।