एउटा अर्थमन्त्रीको सनककै भरमा वर्षौं वर्षसम्म लगानी डुब्ने वातावरण बन्नु हुँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित गर्ने खालको कर र अन्य नीति बनाइने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनमिक समिट-२०२४' अन्तर्गत दोस्रो सत्र प्रि-बजेट वक्तव्यमा अर्थमन्त्री पुनले हचुवाका भरमा कर नीति परिवर्तन नहुने बताएका हुन् ।