रवि लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न थिए भन्ने प्रमाणित हुन्छ : थापा
प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको बचत रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताका प्रमाण सरकारी अड्डाहरूमै यथेष्ट रहेको बताएका छन् ।