अर्थतन्त्रको ड्राइभिङ सिटमा रहेको निजी क्षेत्रको इन्जिन खटारा भइसक्यो : अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको अर्थतन्त्रलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने वा ‘ड्राइभिङ सिट’ भनेर प्रशंसा गरिने निजी क्षेत्रको इन्जिन भने बिग्रिँदै गएको बताएका छन् । संकुचित नीतिहरूका कारण निजी क्षेत्र र समग्र अर्थतन्त्र शिथिल बनेको उनको टिप्पणी छ ।