वार्षिक ३-४ खर्बको आयात गरेर हामी आत्मनिर्भर बन्न सक्दैनौं : अर्थसचिव मरासिनी
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हरेक वर्ष ३-४ खर्बको आयात गरेर नेपाल आर्थिक रूपमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । खुला अर्थतन्त्रको नीति अँगालेको सानो देशका रूपमा नेपालबाहिर घटनाहरूले धेरै तरंगित हुने गरेको भन्दै उनले यसलाई प्रतिकार गर्न आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्नुपर्ने औंल्याए ।