सांसद भएको महिना दिन नपुग्दै राज्यमन्त्री बनेकी हसीना खान
डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी खानले सोमबार स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएकी छन् ।