मेलम्ची मुहानमै वैकल्पिक स्रोतको खोजी
मेलम्ची खानेपानी विकास समितिले संघीय राजधानीमा निरन्तर पानी उपलब्ध गराउन सिन्धुपाल्चोकस्थित हेलम्बु मुहानमा वैकल्पिक स्रोतको खोजी सुरु गरेको छ । वर्षातमा आउने बाढीका कारण मेलम्ची खोलाको मुख्य स्रोत बन्द गर्नुपर्ने बाध्यताका कारण मुहान क्षेत्र आसपासका साना खोला र झरनाहरुको पानी सुरुङमा प्रवेश गराएर काठमाडौं ल्याउने योजना बनाएर प्रारम्भिक छलफल सुरु गरेको हो ।