राजतन्त्र फर्काउनु भनेको विष खानुसरह : उपमहासचिव गुरुङ
नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्काउनु भनेको ‘विष खानुसरह’ हुने टिप्पणी गरेका छन् ।
नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्काउनु भनेको ‘विष खानुसरह’ हुने टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
शनिवार एकाबिहानै बर्दिवास बजारमा सेतो छडी समाएर अघि लागेकी वीरमाया गोले र छडी समाएर पछि-पछि डोहोरिएका हर्क बहादुर गोले नातामा दाजुबहिनी हुन् । हर्क र वीरमायाको जीवन वर्षौदेखि सहयोग मागेर चलेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् । राजनीतिक दलहरूले चुनावका बेला ६ महिना राजनीति गर्नुपर्ने र बाँकी समय देशको विकासमा एकजुट भएर अघि बढ्नुपर्ने महासेठले बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि रवि लामिछानेलाई आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले सहकारी प्रकरण ल्याएको बताएका छन् । उनले कांग्रेस सत्ता स्वार्थमा चुर्लुम्म डुबेको पनि आरोप लगाए ।
विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२ औं अनशन सुरू गरेका छन् । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा. केसी अनशनमा बसेका हुन् ।
कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकमा रात्रीकालीन यातायात संचालन गर्न कालीकोटका नागरिकले माग गरेका छन् । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी संचालनमा रोक लगाएर सरकारले नागरिकलाई सास्ती दिएको गुनासो गर्दै यहाँका नागरिकले राजमार्गमा २४ सैँ घण्टा यातायात खुलाउन माग गरेका हुन् । एक दशकअघि बढी सडक दुर्घटना भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो ।
विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दा उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका खुल्ने दिन कुरिरहेका छन् । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपालका परम्परागत १४ नाका खोल्ने तयारी रहेको खबर आएपछि कार्मारोङबासी आशावादी छन् । तर नाका कहिले खुल्ने वा खुल्ने हो वा होइन भन्ने कसैलाई पत्तो छैन ।