प्रधानमन्त्रीको प्रस्तावमा सम्झौता नगरेपछि 'सहकारी भ्रष्टाचारी' भन्दै कांग्रेस उफ्रियो : ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि रवि लामिछानेलाई आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले सहकारी प्रकरण ल्याएको बताएका छन् । उनले कांग्रेस सत्ता स्वार्थमा चुर्लुम्म डुबेको पनि आरोप लगाए ।