कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकोमा निजी क्षेत्रका तीन व्यावसायिक संगठनको आपत्ति

निजी क्षेत्रका उद्योगी व्यावसायिकहरूका तीनवटा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् ।

'चुरे भए पानी, पानी भए हामी' [तस्बिर]

चुरे तथा वन जंगल संरक्षणका लागि आह्वान गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानको २२ जनाको टोली २३ दिन पैदल हिडेर सप्तरीदेखि काठमाडौं आइपुगेको छ । दैनिक ३५/४० किलोमिटरका दरले पैदलयात्रा गर्दै टोली बिहीबार काठमाडौं आइपुगेको हो ।

लुम्बिनीलाई बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाऔं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीलाई विश्वमै बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाउनुपर्ने बताएका छन् । बिहीबार बिहान बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित २५६८औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बौद्ध दर्शन अध्ययनको केन्द्र बनाउनकै लागि लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापना गरिएको पनि बताएका छन् ।

कान्तिपुर अध्यक्ष सिरोहियाको नागरिकताबारे अदालतमा यस्तो थियो बहस

सरकारी वकिलले लगाएको आरोप नं. १  कैलाशप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नागरिकता प्रमाणपत्र लिएको तर निजले नागरिकता लिनुपूर्व उक्त नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको देखिएको छ ।

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं : क्यान सचिव खड्का

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताएका छन् ।

बुद्ध जयन्तीमा झकिझकाउ लुम्बिनी

चिटिक्क सिँगारिएको लुम्बिनीमा बिहीबार विभिन्न कार्यक्रम गरी भव्य रूपमा बुद्ध जयन्ती मनाइएको छ । २५६८औं बुद्ध जयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिकासमेत आएका छन् ।

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ ।

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको घोषणा

युरोपेली मुलुकहरू आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिने भएका छन् । तीन देशले यही मे २८ बाट प्यालेस्टाइनलाई एक स्वतन्त्र मुलुकको मान्यता दिने बताएका हुन् ।

सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा

मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ देखि आन्दोलन थाल्ने भएको हो ।पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्न लागिएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए ।

कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?

नेपालका सात प्रदेशमध्ये आर्थिक वृद्धिदरका हिसाबले सबैभन्दा अगाडि गण्डकी प्रदेश देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.२३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको हो ।

‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम सुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिए ।

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

बुद्ध जयन्ती मनाइँदै 

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍एको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

मिडिया हाउसमा सरकारको प्रतिशोधप्रति चौतर्फी विरोध

नेपाल बार एसोसिएसन, नेपाल मिडिया सोसाइटी, उपत्यका प्रसारक मञ्चलगायत विभिन्न संघ–संगठन तथा व्यक्तिहरूले कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध समाचार लेखेको प्रतिसोध साध्नकै लागि पक्राउ गरिएको बताउँदै त्यसको विरोध गरेका छन् । 

स्वतन्त्र प्रेसप्रतिको प्रतिबद्धतामा अडिग रहन सरकारलाई एसपीजेको आग्रह

अमेरिकी पेशागत पत्रकारहरूको संगठन ‘सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स’(एसपीजे) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले निष्पक्ष रूपमा छानबिन गर्ने आशा गरेको जनाएको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
किमाथांका नाका शनिबारदेखि खुल्ने

किमाथांका नाका शनिबारदेखि खुल्ने

दीपेन्द्र शाक्य

चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका आगामी शनिबारबाट खुल्ने भएको छ । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो ।

मुन्दुमी संस्कृति अतिक्रमण भएको भन्दै चिन्ता

मुन्दुमी संस्कृति अतिक्रमण भएको भन्दै चिन्ता

रमेशचन्द्र अधिकारी

किरात राई सांस्कृतिक कलाकार संघले पछिल्लो समय किराती राई समुदायको सांस्कृतिक मुन्दुमी मान्यता विपरीतका गतिविधि भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । 

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

पर्वत पोर्तेल

गत वैशाख २१ मा सुनामिका (नाम परिवर्तन) कक्षा १२ को परीक्षा दिएर परीक्षा सेन्टरबाट बाहिरिँदै थिइन् । त्यहाँबाट किशोरीको डेराको दूरी ५ मिनेट मात्रै थियो । यहीबीच दमक नगरपालिका–५ को ज्येष्ठ नागरिक भवनअघिल्तिरको व्यस्त सडकमा उनीमाथि गोली प्रहार भयो । घटनापछि सबैको एउटै जिज्ञासा थियो, ‘किशोरीको ज्यान लिन खोज्नुका पछाडि के त्यस्तो कारण होला ?’

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

रासस

त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ ।

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

डम्बरसिं राई

वन कर्मचारी र व्यवसायीको मिलेमतोमा जिल्लाबाट काठजन्य वस्तु निकासीमा राजश्व छली र माटो रकम कमिसन लेनदेन हुने गरेको खुलासा छ । खयर, उत्तिस, सल्लालगायत काठजन्य वस्तु निकासीमा राजश्व छलीका साथै कर्मचारीलाई कमिसन दिनुपर्ने काठ तथा वन पैदावार व्यवसायीहरूको आरोप छ ।

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

डम्बरसिं राई

आइतबार सम्पन्न १८ वर्षमुनिका राष्ट्रव्यापी खुला गायन प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का मिलन विश्वकर्मा प्रथम भएका छन् ।

कोशी बाट थप
अनुगमन टोली आउने थाहा पाएपछि खुलेनन् औषधि पसल

अनुगमन टोली आउने थाहा पाएपछि खुलेनन् औषधि पसल

विनय आजाद

औषधि व्यवस्था विभागको अनुगमन टोली आउने थाहा पाएपछि बुधबार सिरहाका औषधि पसल नै खुलेनन् । औषधि व्यवस्था विभागको शाखा कार्यालय, विराटनगरबाट अनुगमन टोली बुधबार सिरहा आएको छ । तर व्यवसायीले अनुगमन आउने पूर्वसूचना पाए । बुधबार दिनभर सिरहाका औषधि व्यवसायी पसल बन्द गरेर फरार भएका छन् । 

अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

विनय आजाद

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन भएको छ । सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज, मिर्चैयाले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको हो ।

सिरोहियाको गिरफ्तारी स्वेच्छाचारी शासनको पराकाष्ठा : प्रेस मञ्च नेपाल

सिरोहियाको गिरफ्तारी स्वेच्छाचारी शासनको पराकाष्ठा : प्रेस मञ्च नेपाल

कान्तिपुर संवाददाता

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर पब्लिकेशन्स्को कार्यालयबाट गिरफ्तार गरिएको घटनालाई प्रेस मञ्च नेपालले स्वेच्छाचारी शासनको पराकाष्ठा भएको बताएको छ ।

गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउन सिरोहियालाई पक्राउ : मधेस पत्रकार महासंघ

गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउन सिरोहियालाई पक्राउ : मधेस पत्रकार महासंघ

कान्तिपुर संवाददाता

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं, थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको कार्यालयबाटै मंगलबार साँझ बर्दीधारी प्रहरीले पक्राउ गरेको घटनाप्रति मधेस पत्रकार महासंघले घोर निन्दा प्रकट गरेको छ । 

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

शंकर आचार्य

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १८ वर्षपछि मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वाका ५० वर्षीय विनयप्रसाद यादव छन् । प्रहरीले यादवलाई उनकै घरबाट पक्राउ गरेको हो । 

बाराको सीमा नाका बन्द रहने

बाराको सीमा नाका बन्द रहने

लक्ष्मी साह

भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लामा आउँदो जेठ १२ (२५ मे) मा हुन लागेको लोकसभा चुनावको लागि बारास्थित ६२ किमी लामो खुला सीमा नाका तीन दिनका लागि बन्द रहने भएको छ ।

मधेस बाट थप
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ज्योती श्रेष्ठ

काभ्रेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार साँझ पनौती नगरपालिका-५ स्थित नर्सरी चोकमा बा ८३ प ५३६२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका पनौती नगरपालिका-६ का १९ वर्षीय सन्तोष रानामगरको उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो । 

चितवनका सहकारी पीडितले शुक्रबार भरतपुरमा विरोध प्रदर्शन गर्ने

चितवनका सहकारी पीडितले शुक्रबार भरतपुरमा विरोध प्रदर्शन गर्ने

रमेशकुमार पौडेल

बचत फिर्ता नगरी बन्द भएका चितवनका तीन ठूला सहकारी संस्थाहरुका बचतकर्ताहरुले शुक्रबार भरतपुरमा विरोध प्रदर्शन गर्ने भएका छन् । 

पाँच जनालाई \'थाहा सेवा पदक\'

पाँच जनालाई 'थाहा सेवा पदक'

प्रताप विष्ट

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ जनालाई थाहा सेवा पदकबाट सम्मान गरेको छ । 

काभ्रेको महाभारतमा दम्पती मृत फेला 

काभ्रेको महाभारतमा दम्पती मृत फेला 

ज्योती श्रेष्ठ

जिल्लाको महाभारत गाउँपालिका ४ तीनखुट्टेमा दम्पती मृत अवस्थामा फेला परेका छन् । मंगलबार सवा ४ बजेतिर तीनखुट्टेका ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकैमाया बल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

हेटौंडामा सुरक्षा समितिको बैठक सुरु

हेटौंडामा सुरक्षा समितिको बैठक सुरु

सुवास विडारी

वाग्मती प्रदेश सुरक्षा समन्वय समितिको बैठक हेटौंडामा सुरु भएको छ । बुधबारसम्म सञ्चालन हुने बैठकको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए । 

मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

रमेशकुमार पौडेल

दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाकाे खाग किनबेच गरेकाे आराेेपमा चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले ६ जनालाई पक्राउ गरेको छ । घाँस दाउरा गर्न जंगल गएका बेला मरेर सडेगलेकाे अवस्थामा भेटिएकाे गैँडाकाे खाग झिकेर राखेकाे लामाे समयपछि बिक्री गर्ने क्रममा उनीहरू समातिएका हुन् ।

वाग्मती बाट थप
बाघसँगै जुधेर घाइते बाघको मृत्यु

बाघसँगै जुधेर घाइते बाघको मृत्यु

नारायण शर्मा

बाघसँगै जुधेर घाइते भएको बाघको बुधबार साँझ मृत्यु भएको छ । बिनयी खोलाको किनारमा बुधवार साँझ मृत्यु भएको अवस्थामा एउटा बाघ फेला परेको थियो । सो बाघको पोष्टमार्टम गर्दा अर्को बाघसँग जुधेर घाइते र घाउ निको नभएका कारण मृत्यु भएको खुलेको हो ।

गोरखामा रोट महोत्सव सुरु

गोरखामा रोट महोत्सव सुरु

हरिराम उप्रेती

बिहीबारदेखि गोरखा दरबारमा २१औं सवा लाख रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा ११ दिने महोत्सव सुरु भएको हो ।

विनयी खोलामा बाघ मृत फेला

विनयी खोलामा बाघ मृत फेला

नारायण शर्मा

पूर्वी नवलपरासीको विनयी खोला किनारमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख केशव अघिकारीका अनुसार बुधबार साँझ स्थानीयले खोला किनारमा बाघ मृत देखेपछि खबर गरेका थिए ।

छिपछिपे सहकारीको साढे १६ करोड हिनामिनामा ३५ जनाविरुद्ध मुद्दा चलाउने तयारी

छिपछिपे सहकारीको साढे १६ करोड हिनामिनामा ३५ जनाविरुद्ध मुद्दा चलाउने तयारी

नारायण शर्मा

कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थामा बचतकर्ताको १६ करोड ५८ लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको प्रमाणका आधारमा प्रहरीले ३५ जनाबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको छानबिन समिति र प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

रासस

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

हरिराम उप्रेती

बारपाक सुलिकोट गाउँपालिकाले संरक्षक (अभिभावक) नभएका र अशक्त भएका बालबालिकालाई नि:शुल्क छात्रावास उपलब्ध गराएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै अभिभावक नभएका र आमाबुवा अपांगता भएका बालबालिकालाई लक्षित गरेर बारपाक सुलिकोट गाउँपालिका–६ वाहकोटस्थित मनास्लु आधारभूत विद्यालयको भवनमा छात्रावास सेवा सुरु गरिएको हो ।

गण्डकी बाट थप
चौडा र ढलानका काम गर्न पाल्पामा सडक बन्द 

चौडा र ढलानका काम गर्न पाल्पामा सडक बन्द 

माधव अर्याल

निर्माण व्यवसायीले समयमा काम नसकेपछि सडक डिभिजन पाल्पाले पाल्पा–गुल्मी सडक खण्डमा दिउँसोको समयमा दैनिक १२ घण्टा सडक बन्द गरेर काम गराएको छ । 

एक साताभित्र तिनाउ खोलामा डुबेर दुई जनाको मृत्यु 

एक साताभित्र तिनाउ खोलामा डुबेर दुई जनाको मृत्यु 

माधव अर्याल

एक सातामा तिनाउ खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बुधबार एक किशोरले ज्यान गुमाएका छन् भने चार दिनअघि भारत गोरखपुरबाट घुम्न आएका एक युवाको तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो । 

दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्गालाल केसी

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

नवलपरासीको भारतीय सीमानाका बिहीबारदेखि ४८ घण्टाका लागि बन्द

नवलपरासीको भारतीय सीमानाका बिहीबारदेखि ४८ घण्टाका लागि बन्द

नवीन पौडेल

पूर्वी र पश्चिम नवलपरासीको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारत विहारको बाल्मिकी नगर र चम्पारणमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमानाका बन्द गर्न लागिएको हो ।

सरकारबाट भरोसा नभएपछि अदालत जाने तयारीमा सुप्रिम सहकारीपीडित

सरकारबाट भरोसा नभएपछि अदालत जाने तयारीमा सुप्रिम सहकारीपीडित

घनश्याम गौतम

बुटवलको सुप्रिम सहकारी ऋण तथा बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरुले सरकारबाट न्याय पाइने आश मर्दै गएको भन्दै अदालत जाने तयारी थालेका छन् । 

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

नवीन पौडेल

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सरावल गाउँपालिका-३ श्रीनगरका ३० वर्षका प्रदीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

लुम्बिनी बाट थप
खत्याडमा जीप दुर्घटना हुँदा १२ जना घाइते 

खत्याडमा जीप दुर्घटना हुँदा १२ जना घाइते 

राजबहादुर शाही

खत्याड गाउँपालिकास्थित सेरी जाममा बिहीबार जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । उनीहरुमध्ये ९ जना विद्यार्थी छन् ।

रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते 

रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते 

राजबहादुर शाही

रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् ।

कालीकोटमा जिप दुर्घटना : ७ जना घाइते 

कालीकोटमा जिप दुर्घटना : ७ जना घाइते 

तुलाराम पाण्डे

कालीकोटको शुभकालिका–६ हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

कुपिण्डे तालमा डुबेर एक जनाको मृत्यु 

कुपिण्डे तालमा डुबेर एक जनाको मृत्यु 

विप्लव महर्जन

कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । शारदा नगरपालिका–८, मार्के आरा घर भएकी ३२ वर्षीया कमला कवरको बिहीबार बिहान मृत्यु भएको हो । 

यार्सा टिप्न पाटन उक्लिए विद्यार्थी, सुनसान विद्यालय

यार्सा टिप्न पाटन उक्लिए विद्यार्थी, सुनसान विद्यालय

डीबी बुढा

यार्सागुम्बा टिप्न विद्यार्थीहरु पाटन उक्लिएपछि पातारासी गाउँपालिकाका विद्यालय सुनसान बनेका छन् । कक्षा-६ देखि माथिका सबैजसो विद्यार्थी यार्सा खोज्न पाटन हिँडेका हुन् । पढाइ र घरखर्च चलाउने रकमको जोहो गर्न पनि विद्यार्थीहरु हरेक वर्ष पाटनतिर उक्लिने गरेका छन् ।

विनोद शाह बने कृषि मन्त्री

विनोद शाह बने कृषि मन्त्री

ज्योति कटुवाल

नेकपा एमालेका सांसद विनोदकुमार शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिएका छन् । शाहले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गाेपनियताकाे सपथ लिए ।

कर्णाली बाट थप
केरा पकाउने चिस्यान केन्द्र बढे, उत्पादन घट्यो

केरा पकाउने चिस्यान केन्द्र बढे, उत्पादन घट्यो

भवानी भट्ट

भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउँदले डेढ दशकअघि केरा खेती सुरु गरेका थिए । एक कहाँबाट सुरु भएको उनको केरा खेती बिस्तार हुँदै २५ विघासम्म पुग्यो । त्यतिबेला भारतबाट आयात हुने केरा समेत रोकियो । तर अहिले फेरि केरा खेती घट्दै गएपछि भारतबाट आयात हुन थालेको छ ।

बाटोमै लुटिए काम खोज्न भारत हिडेका मानबहादुर

बाटोमै लुटिए काम खोज्न भारत हिडेका मानबहादुर

भवानी भट्ट

भारतमा रोजगारी गरेर फर्किदा बाटोमै लुटिने थुप्रै घटना सुनिन्छन् । उनीहरुले मजदुरी गरेर कमाएको धनमाल लुटेर अलपत्र पर्ने गरेका छन् । यसपटक रोजगारीका लागि भारत जाने क्रममै एक नेपाली लुटिएका छन् ।

जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

भवानी भट्ट

मझगाउँ विमानस्थल निर्माणको काम सुरु भएको अढाइ वर्ष भयो । विमानस्थलको रन वेदेखि, ट्याक्सी वे, एप्रोन र टर्न प्याडलगायतको निर्माण पनि भइरहेको छ । तर अझै पनि निर्माणस्थलको जग्गाको विवाद भने टुगिंएको छैन । उक्त जग्गाको भोगाधिकार लिन नसक्दा निर्माण कार्य नै प्रभावित हुने देखिएको छ ।

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

मेनुका ढुंगाना

अछाममा पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे पनि घरजग्गाको स्वामित्व नभएका र लालपुर्जा पाउन नसकेकाहरुको संख्या अझै पनि धेरै रहेको छ ।

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

भवानी भट्ट

महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

अर्जुन शाह

नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

सुदूरपश्चिम बाट थप

फाइभ जीको व्यावसायिक विस्तारमा प्राधिकरण लचिलो

द्रुत गतिको मोबाइल इन्टरनेट सेवा फाइभ जीमा नेपाल अन्य देशको तुलनामा पछि परिसकेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अब यसमा परीक्षण गरिरहनुभन्दा सेवा प्रदायकलाई सिधै व्यावसायिक प्रयोजनका लागि अनुमति दिने तयारी थालेको छ । तर त्यसअघि दुवै सेवा प्रदायक, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेलले फ्रिक्वेन्सीबापतको बक्यौता चुक्ता गर्नुपर्ने प्राधिकरणको ठहर छ ।

करातेमा जगतको समर्पण

खेल क्षेत्रमा जति अवसर छन्, त्योभन्दा धेरै चुनौती । तर हुम्लाको सर्केगार्ड गाउँपालिका-१ जैरका ४५ वर्षीय जगतबहादुर धामी भने चुनौतीसँग जुध्दै कराँते खेलमा रमाइरहेका छन् । उनी कर्णालीकै अब्बल खेल प्रतिभा समेत हुन् ।

करातेका सारथि

पछिल्लो ६ महिनामा नेपाली करातेले एकपछि अर्को सफलता चुमेको छ । गत असोजयता चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदक नेपाली करातेका लागि ऐतिहासिक सफलता हो । यस अवधिमा नेपाली करातले १९ औं एसियाली खेलकुदको रजत, १० औं सितोरियो कराते वर्ल्ड च्याम्पियनसिप (जकार्ता) मा १ स्वर्ण, ३ रजत र ५ कांस्य, यूएसए ओपन तथा जुनियर इन्टरनेसनल कराते च्याम्पियनसिपमा १/१ स्वर्ण र रजतका साथै सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक भित्र्याइसकेको छ । 

आरसीबीलाई हराउँदै राजस्थान क्वालिफायरमा

राजस्थान रोयल्सले बुधबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । अब राजस्थानले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

उपाधिको खडेरी तोड्दै एटलान्टा युरोपा लिग च्याम्पियन

एडेमोला लुकमनको सनसनीपूर्ण ह्याट्रिकमा एटलान्टाले फाइनलमा बायर लेभरकुजनलाई ३–० ले पराजित गर्दै बुधबार युरोपा लिगको उपाधि जितेको छ । यससँगै सिरी ए क्लबले ६१ वर्ष लामो उपाधिको खडेरी पनि तोडेको छ ।

लिभरपुलका नयाँ प्रशिक्षक स्लट

फेयनुर्डका पूर्व प्रशिक्षक अर्ने स्लटले अबको नयाँ सिजन लिभरपुल सम्हाल्ने छन् । सोमबार यो तय भएको छ । उनी निकै संयमित त्यस्ता व्यवस्थापक मानिन्छ, जसले कोही पनि खेलाडीबाट उत्कृष्ट सफलता निकाल्न मदत गर्छ । अनि खेलाडीबाट आफ्नो काममा धेरैभन्दा धेरै अपेक्षा गर्छ । 

'एक्लो'मा जेमी बेकनसँगै प्रदीप खड्का

बेलायती अभिनेता जेमी बेकनसँगै अभिनेता प्रदीप खड्काले नेपाली अन्तर्राष्ट्रिय साइफाई जोम्बी थ्रिलर 'एक्लो'मा अभिनय गर्दैछन् । खड्काले पहिलो पटक यही फिल्मबाट अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गर्दैछन् । 

सन् २०१९ मा आजकै दिन : भाजपालाई बहुमत 

सन् २०१९ मा आजकै दिन (मे २३) मा भारतको तल्लो सदन लोकसभामा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेको थियो । भारतको १७ औं लोकसभा चुनाव २०१९ अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरिएको थियो ।

पश्चिम बंगालमा ममता भर्सेज भाजपा, कांग्रेस र कम्युनिस्ट

कम्युनिस्ट पार्टीको गढलाई भत्काएर पश्चिम बंगाल र राष्ट्रिय राजनीतिमा उदाएकी ममता बनर्जीलाई कमजोर बनाउन भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस र भारतीय कम्युनिस्ट पार्टीले पूरा शक्ति लगाएका छन् ।उत्तर प्रदेश र महाराष्ट्रपछि लोकसभामा सबैभन्दा बढी सिट भएको प्रदेश हो– पश्चिम बंगाल । यहाँको ४२ सिट केन्द्रमा सरकार बनाउन महत्त्वपूर्ण मानिन्छ ।

सन् २००४ मा आजकै दिन : भारतको प्रधानमन्त्रीमा सिंह 

सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाब (हालको पाकिस्तान) मा जन्मिएका सिंह २०१४ मे २६ सम्म प्रधानमन्त्री थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो । 

सन् १९९१ मा आजकै दिन : राजीव गान्धीको हत्या

सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो । उनी तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा मारिएका थिए । आक्रमणमा राजीव र आक्रमणकारी धनुसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए । 

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । 

एक्लो दाबेदार दयाहाङ

नेपाली फिल्मको कुरा गर्दा वर्ष २०८०, दयाहाङमय रह्यो । अघिल्लो नयाँ वर्षको सुरुवात नै दया अभिनीत ‘बिहेपास’बाट भयो । वैशाखमै दयाको अर्को फिल्म प्रदर्शनमा आयो, ‘जारी’ । जेठमा अर्को फिल्म चल्यो, ‘नीरफूल’, भदौतिर ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आयो । कात्तिकमा ‘दिमाग खराब’, माघमा ‘दयारानी’, फागुनमा ‘रंगेली’ अनि चैतमा ‘डिग्री माइला : एम ए थर्ड क्लास’ ।

सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : मेयर साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै  मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिए ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.