अर्थतन्त्र सुधारका लागि सात दलका नेताको सामूहिक प्रतिबद्धता
अर्थतन्त्रको अवस्था सुधारका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात दलका नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
अर्थतन्त्रको अवस्था सुधारका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात दलका नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
लामो खडेरीपछि शनिवार मध्यराति परेको वर्षाले अचानक बाढी आएपछि बुटवल अस्तब्यस्त बनेको छ । तिनाउ नदीमा आएको बाढीले ल्याएको हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिँडडुलमै समस्या भएको छ ।
कांग्रेस महामन्त्री गगन थापाले वित्त नीति भोट वा नोटका लागि मात्रै हुने गरेको बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनोमिक समिट–२०२४' को चौथो सत्र 'अर्थतन्त्र आधारभूत आवश्यकता : राजनीतिक नेतृत्वको सामूहिक प्रतिबद्धता’ मा महामन्त्री थापाले कल्याणकारी आर्थिक नीतिको समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् ।
सर्वोच्च अदालतले वल्डलिंक कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटैै रिट निवेदन खारेज गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदाबाजी गर्न नहुने बताएका छन् ।
सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ सहित ६ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पार्टी विभाजनपछि संकटमा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश सरकारमा अल्पमतमा परेपछि झन् संकटमा परेका छन् । मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएर जसपा नेतृत्वलाई अल्पमतमा पारेपछि अध्यक्ष यादव संघीय सरकारमा रहने वा बाहिरिने भन्ने विषय नैतिकतासँग जोडिएर आएको छ । सत्ता फेरबदल गर्न सक्रिय भएको भन्दै पार्टी विभाजन भएपनि सत्तामै बसिरहेका उनी अब झन् ठूलो नैतिक संकटमा फसेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाहमुखी र गुजारामुखी उत्पादनमा ठुलो जनसंख्या संलग्न हुनु पनि विकासको चुनौती भएको बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले गरेको ‘इकोनमिक सम्मिट २०२४’ को अन्तिम सत्र ‘अर्थमन्त्रः राजनीतिक नेतृत्वको प्रतिबद्धता’ मा आफ्ना विचार राख्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तन पश्चात पनि संरचनागत सुधार हुन सकेको बताए ।
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित गर्ने खालको कर र अन्य नीति बनाइने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनमिक समिट-२०२४' अन्तर्गत दोस्रो सत्र प्रि-बजेट वक्तव्यमा अर्थमन्त्री पुनले हचुवाका भरमा कर नीति परिवर्तन नहुने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालसँग धेरै कुरा भए पनि आर्थिक रुपमा सम्पन्न हुन नसकेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेपालको विकास नेपाली आफैंले गर्नुपर्ने बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको इकोनमिक समिट-२०२४ को चौथो सत्र 'अर्थमन्त्र: राजनीतिक नेतृत्वको प्रतिबद्धता’ मा महासचिव भूसालले नेपालको वस्तुस्थिति हेरेर विकासका योजना नबनाउने हो भने जस्ताको त्यस्तै रहने बताएका हुन् ।