राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएकोबारे सभामुख र प्रधानमन्त्रीबीच कुराकानी
प्रतिपक्षीको अवरोधका कारण संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिपक्षीको अवरोधका कारण संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले धन्यवाद समेत पाएनन् । धन्यवाद दिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसद्को अभ्यासमा सम्भवतः पहिलो पटक त्यो हुन सकेन ।
आगामी पाँच वर्षमा मुलुकको निरपेक्ष गरिबी आधा घटाउने, प्रतिव्यक्ति आय दोब्बर बनाउने, बेरोजगारी दर पाँच प्रतिशतमा झार्नेलगायत महत्त्वाकांक्षी लक्ष्यसहित सरकारले सोह्रौं पञ्चवर्षीय योजना पारित गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार आर्थिक वर्ष ०८१/८२ देखि ०८५/८६ सम्मका लागि बनाइएको १६औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।
मध्याह्न हुनै लाग्दा ८० वर्षका महेशराज पन्त मंगलबार चौथो प्रहरमा इतिहासका पुराना दस्ताबेजहरूबाट आँखा हटाएर इन्टरनेटमा खबरहरू पढ्दै थिए । झट्ट एउटा खबरले उनको मन ढक्क फुल्यो, ज्ञानमणि नेपाल रहेनन् ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले लोकसभा निर्वाचनमा प्रचारप्रसार गर्न पाउने गरी अदालतको आदेशमा अन्तरिम जमानतमा जेलमुक्त भएसँगै चुनावी माहोल तताएका छन् । जेलमुक्त भएको अर्को दिन गत शनिबार दिल्लीको कनाँट प्लेसस्थित हनुमान मन्दिरमा पूजाआजापछि उनले चुनावी बिगुल फुकेका हुन् ।
नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य-शैलीका कारण 'द क्यानडियन चेखब' का रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो । उनी ९२ वर्षकी थिइन् । केही वर्षदेखि उनी 'डिमेन्सिया'बाट ग्रसित थिइन् ।
सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।
सरकारले प्रतिरक्षा र गृह प्रशासन सुधार कार्ययोजना प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम तय गरेको छ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कार्यसम्पादन व्यवस्थित र प्रभावकारी बनाउने तथा सुशासन प्रवर्द्धन गर्नेसहितका विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८१/८२ को योजना सार्वजनिक गरेका हुन् ।
सामान्यतया व्यवसाय सञ्चालन गर्दा कम्तीमा ४ निकायमा दर्ता हुनुपर्छ । व्यवसायको प्रकृतिअनुसार कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग, वडा कार्यालय र कर कार्यालयमा व्यवसाय दर्ता गर्नुपर्छ । यी निकायबाहेक व्यवसाय हेरेर वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग र औषधि विभागमा पनि दर्ता गर्नुपर्छ ।
सरकारले सूचना प्रविधि क्षेत्रको प्रोत्साहनका लागि स्वदेशमा बनेका हार्डवेयर र सफ्टवेयरलाई प्राथमिकता दिनेदेखि विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टेरनेट सेवा सुरु गर्ने, सातै प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गर्ने, स्वचालित प्रणालीबाट लगानी स्वीकृतिको व्यवस्था गर्ने, आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे सम्भाव्यता अध्ययन गर्नेजस्ता नयाँ पहल अघि बढाउने घोषणा गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षभित्र एक हजार स्टार्टअप व्यवसायीलाई सहुलियत कर्जा दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कम्तीमा १ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने बताएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत् जडित क्षमता ४५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । संसद्को संयुक्त सदनमा मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र कुल जडित विद्युत् क्षमता ४५ सय मेगावाट पुर्याउने बताएका हुन् । चालु आर्थिक वर्षको हालसम्म कुल जडित विद्युत् क्षमता २ हजार ९ सय ४० मेगावाट पुगेको उनको भनाइ छ ।