दाहाल, ओली र लामिछानेबीच बानेश्वरमा छलफल जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच नयाँ बानेश्वरमा छलफल जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच नयाँ बानेश्वरमा छलफल जारी छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् ।
प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ । त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्राथमिकता नदिइने बताएका छन् ।
सदरमुकाम फुङलिङमा ‘ताप्लेजुङ पर्यटन महोत्सव-२०८१’ सुरु भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव ७ गतेसम्म चल्ने छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।
सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ ।
प्रशान्त क्रिकेट क्लब जोगबनीलाई १ सय ३४ रनले पराजित गर्दै विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
बारबरा फाउण्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा श्रृखंलाबद्ध लेख्ने पत्रकाद्वय देवेन्द्र भट्टराई र मातृका दाहाललाई यसवर्षको 'बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार' (पहिलो) संयुक्त रुपमा प्रदान गरेको छ । १६ लाख रुपैयाँ रासीको उक्त पुरस्कार र अवार्ड बिहीबार काठमाडौंमा आयोजित समारोहमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरे ।