विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।
बारबरा फाउण्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा श्रृखंलाबद्ध लेख्ने पत्रकाद्वय देवेन्द्र भट्टराई र मातृका दाहाललाई यसवर्षको 'बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार' (पहिलो) संयुक्त रुपमा प्रदान गरेको छ । १६ लाख रुपैयाँ रासीको उक्त पुरस्कार र अवार्ड बिहीबार काठमाडौंमा आयोजित समारोहमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरे ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो ।
नेपाल प्रहरीले अवैध लागूऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनी विद्यालयमा खेल्न चाहन्छिन् । रमाउन चाहन्छिन् उफ्रिन चाहन्छिन् । फुटबलदेखि कबड्डी उनलाई मन पर्ने खेल हुन् । तर उनी चाहेर पनि विद्यालयमा खेल्न सक्दिनन् । रमाउन सकिरहेकी छैनन् । किनकि खेल्न र रमाउनका लागि उनको विद्यालयमा आवश्यक खेल मैदान छैन । यो समस्या हो चन्द्रागिरीस्थित श्री भैरव माध्यमिक विद्यालय १० मा अध्ययनरत उषा पुन मगरको ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषयमा सहमति जुट्न सकेन । सहमति नभएपछि कांग्रेसले संसद् अवरोध जारी राख्ने भएको छ ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभाको बैठक केही ढिलो राख्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेका छन् ।
अबुझ, ढिलो बुझ्ने वा अल्छी भनिएका मानिसलाई नेपालमा लाटोकोसेरोसँग तुलना गर्दै भनिन्छ, ‘कस्तो उल्लु जस्तो ?’ अलच्छिन हुने अन्धविश्वास छँदै छ । लाटोकोसेरोको यही बुझाइ बदल्न ढेढ दशकदेखि सक्रिय पोखराका राजु आचार्यले पाएको नाम हो– ‘उल्लु सर’ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सत्तारुढ र विपक्षीदलहरूबीच तिक्तता चुलिएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठक केही समय सारेर सहमति खोज्न बहुपक्षीय छलफल भइरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा सबै दलका नेताहरू छन् । उनीहरुले आ-आफ्ना दल र फरक फरक दलका नेताहरूबीच अनौपचारिक संवाद गरिरहेका छन् ।
बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्याएको छ । गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।