विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभाको बैठक केही ढिलो राख्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेका छन् ।
गिरीबन्धु टी–इस्टेटको ३ सय ४४ बिघा जग्गा साटफेर गर्ने अनुमति दिँदा तत्कालीन सरकारले आफैंले बनाएको नियमावली पनि उल्लंघन गरेको उजागार सर्वोच्चको फैसलाबाट भएको छ । हदबन्दी छुट पाएको जग्गा साटफेर तथा बिक्री वितरण गर्न दिन मिल्ने गरी २०७६ मा संसद्बाट पारित भएको कानुनका आधारमा भूमिसुधार मन्त्रालयले २०७७ मा नियमावली जारी गरेको थियो । तर, संसद्ले बनाएको ऐन र आफैंले बनाएको नियमावलीसमेत मिचेर सरकारले चिया बगानको जग्गा साटफेर गर्ने अनुमति दिएको पुष्टि भएको छ ।
झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानको जग्गा साटफेर गर्न अनुमति दिने तत्कालीन सरकारको निर्णय खारेज भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालत र प्रतिपक्षी कांग्रेसप्रति आक्रामक भएका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७८ वैशाखमा गरेको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो सर्तयुक्त’ भन्दै खारेज गरेको छ भने प्रतिपक्षी कांग्रेसका नेताहरूले अनुसन्धानको माग गरेका छन् ।
सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो ।
‘लेख्न पाउँछु र त जीवन छ नत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’ झट्ट हेर्दा, यो कुनै लेख वा उपन्यासको अंश वा कसैले कहीं कलात्मक भंगिमा उजागर गरेको संवादको एक अंश लाग्छ । तर होइन, यो एक सिंगो कविता हो, जो हालै प्रकाशित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कविता पुस्तक ‘अश्र’ मा समाहित छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् १९७५ मा आजकै दिन (मे १६) मा जापानी आरोही जुन्को ताबेईले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला हुन् ।
सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आइरहेको कांग्रेस बुधबारदेखि सत्तालाई दबाब दिन सडक मोर्चामा समेत उत्रिएको छ ।
अबुझ, ढिलो बुझ्ने वा अल्छी भनिएका मानिसलाई नेपालमा लाटोकोसेरोसँग तुलना गर्दै भनिन्छ, ‘कस्तो उल्लु जस्तो ?’ अलच्छिन हुने अन्धविश्वास छँदै छ । लाटोकोसेरोको यही बुझाइ बदल्न ढेढ दशकदेखि सक्रिय पोखराका राजु आचार्यले पाएको नाम हो– ‘उल्लु सर’ ।
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।