१०६ मेगावाटको जगदुल्लामा जुट्यो वित्तीय स्रोत
डोल्पामा निर्माणको चरणमा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनालाई आर्थिक स्रोत सुनिश्चित भएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । विद्युत् आयोजनाका प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र नबिल बैंकले बुधबार ऋण सम्झौता गरे ।