विमान चार्टर गरेर नेपाल आएका २ सय १८ भियतनामी शनिबार फर्किँदै
नेपालका गुम्बा र चैत्यहरुको अवलोकन गर्न चार्टर विमानमा काठमाडौं ओर्लिएका २ सय १८ जना भियतनामी पर्यटक शनिबार स्वदेश फर्किँदै छन् ।
नेपालका गुम्बा र चैत्यहरुको अवलोकन गर्न चार्टर विमानमा काठमाडौं ओर्लिएका २ सय १८ जना भियतनामी पर्यटक शनिबार स्वदेश फर्किँदै छन् ।
मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ विरौटाका १६ वर्षीय मनिष भन्ने मेष तामाङको मुगेस्थित चेपेखोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा शुक्रबार यहाँ आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
सर्वोच्च अदालतले काठमाडौं महानगरका सडक व्यवसायीहरूको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपाय सहितको कार्ययोजना पेस गर्न आदेश दिएको छ । अदालतमा उपस्थित हुनु भनी एक वर्षअघि दिएको आदेशलाई विपक्षीले बेवास्ता गरेको भन्दै सर्वोच्चले पुनः आदेश जारी गरेको हो ।
तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो ।
झण्डै एक सातादेखि सगरमाथा चुचुरो नजिकबाट हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एकको शव शुक्रबार फेला परेको छ ।
गुल्मेली खुदोबाट बनेको गुडले बजार पाइरहेका बेला यहाँका केही व्यापारीले भारतबाट भेली ल्याएर कमसल किसिमको गुड उत्पादन गरी बिक्री गर्न थालेको फेला परेको छ । छत्रकोट गाउँपालिका–४, अगाहमा दर्जन बढी व्यापारीले भारतबाट कम गुणस्तरको भेली ल्याएर गुण बनाइ आकर्षक प्याकेजिङ गरी बिक्री गरिरहेको फेला परेको हो ।