कांग्रेस नेताहरूमाथि लगाएका आरोप पुष्टि गर्न गृहमन्त्रीलाई सांसद पाण्डेको चुनौती
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेलाई कांग्रेस सभापति र उपसभापतिमाथि छानबिन गर्न चुनौती दिएका हुन् ।