वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो
वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।