प्रधानमन्त्रीलाई चौथो पटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी सम्हालेको १७ महिना नबित्दै चौथो पटक संसद्बाट विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधका बीच सोमबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित कांग्रेसले वेल घेराउ गर्दै आएको छ ।