गृहमन्त्रीले असभ्य र हिंस्रक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा दिएका अभिव्यक्ति असभ्य, भ्रामक र हिंस्रक खालको रहेको भन्दै आपत्ति जनाएको छ ।