संसदीय छानबिन समितिको टीओआरमा सहमति जुटेन, कांग्रेसले समय माग्यो
सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच छलफल भएको छ । संसदीय छानबिन समितिको कार्यादेश के हुने भन्ने तय गर्न गठित समितिले बुँदागत रूपमा सहमति जुटाउन भने सकेन ।