विपक्षी दल बैठक : गृहमन्त्री लामिछानेलाई बोल्न नरोक्ने, समिति नबन्दासम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने
कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधिसभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिनेगरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो