शिक्षा मन्त्रालयको निर्णय : घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘घातक रोग लागेर उपचाररत शिक्षकबाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ ।