प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि स्थगित
प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले अन्तिम समयमा दिउँसो २ बजेका लागि स्थगित गरेका थिए । तर २ बजेसमेत बैठक बस्न सकेन ।