फुटपाथ व्यापारीलाई रोजगारीको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले काठमाडौं महानगरका सडक व्यवसायीहरूको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपाय सहितको कार्ययोजना पेस गर्न आदेश दिएको छ । अदालतमा उपस्थित हुनु भनी एक वर्षअघि दिएको आदेशलाई विपक्षीले बेवास्ता गरेको भन्दै सर्वोच्चले पुनः आदेश जारी गरेको हो ।