नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को विशाल योगफल
एन्ड्रयु फ्लेचर र जोहनसन चार्ल्सको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ ले बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । लगातार चौथो खेलमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय रन ९ बनाएको हो ।