इन्टरनेट पहिलेकै गतिमा फर्काउन पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इन्टरेनेट सेवा पहिलेकै गतिमा सञ्चालन गर्न पहल भइरहेको बताएकी छन् । उनले इन्टरनेट सेवामा आएको समस्याबारे नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गृहकार्य सुरु गरिसकेको जानकारी दिइन् । ‘एनटीएले इन्टरनेट गति बढाउन गृहकार्य गरिरहेको छ,’ कान्तिपुरसित मन्त्री शर्माले भनिन्, ‘इन्टरनेट सेवामा आएको समस्या समाधान हुनेछ ।’