कश्मीरमा बन्धक बनाइएका ३५ नेपाली मजदुरको उद्धार
नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई दलालले उनीहरूलाई कश्मीर पुर्याएका थिए ।