२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कांग्रेसले रवि लामिछानेको नामै किट्नुपर्छ भनेकाले सहमति भएन : बर्तौला

सहकारीको बचत रकम अपचलनको छानबिन गर्न कार्यादेश बनाउने समितिका सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर जानुपर्ने भनेपछि सहमति नजुटेको बताएका छन् ।

कापी किताबसँगै दाउराको भारी

मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

झारा टार्ने खालको संसदीय समिति मान्दैनौं : रमेश लेखक

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।

साढे ४५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो ।

निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्‍याउने चेम्बरको रणनीतिक योजना

नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्‍याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो ।

अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो : लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

कांग्रेसले लामिछानेलाई दोषी करार गरेर कार्यादेश प्रस्ताव गर्‍यो : खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न गठित हुने संसदीय समितिको कार्यादेश बनाउने समितिका सदस्य शिशिर खनालले प्रमुख प्रतिपक्ष कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी करार गर्ने कार्यादेश प्रस्ताव आएको जानकारी दिएका छन् । 

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

२०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् ।

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

गत वैशाख २१ मा  दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी दलित किशोरी एरिका गजमेर खर्च अभावले अस्पताल बाट डिस्चार्ज हुनै सकेकी छैनन् ।

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शंका नगरे हुन्छ : अध्यक्ष नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् ।

दल त्यागेका ७ सांसदलाई प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रियामा सहभागी नगराउन जसपा नेपालको आग्रह

जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन गरेर गएका ७ जना सांसदहरु कानुनीरुपमा हाल सांसद नरहेको जिकिर गर्दै उनीहरुलाई प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रियामा सहभागी नगराउन सभामुखसमक्ष आग्रह गरेको छ ।

राष्ट्रिय सभा बैठक सोमबारसम्म स्थगित

प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रिय सभाको बैठक दुई घण्टाका लागि सारिएको छ ।  संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए । 

संसदीय छानबिन समितिको टीओआरमा सहमति जुटेन, कांग्रेसले समय माग्यो

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच छलफल भएको छ । संसदीय छानबिन समितिको कार्यादेश के हुने भन्ने तय गर्न गठित समितिले बुँदागत रूपमा सहमति जुटाउन भने सकेन । 

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

दीपेन्द्र शाक्य

निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाका मुआब्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो देखाएको छ ।

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

कान्तिपुर संवाददाता

गत वैशाख २१ मा  दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी किशोरी खर्च अभावले अस्पताल बाट डिस्चार्ज हुनै सकेकी छैनन् । 

फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

लक्ष्मी गौतम

पाँचथरको फालेलुङ गाउँपालिका-३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

पत्रकारलाई भिडियो र फोटोग्राफी तालिम

पत्रकारलाई भिडियो र फोटोग्राफी तालिम

डम्बरसिं राई

जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफीसम्बन्धी १० दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको छ ।

बन्दना झाँगड : भूमिगत राजनीतिदेखि राज्मन्त्रीसम्म

बन्दना झाँगड : भूमिगत राजनीतिदेखि राज्मन्त्रीसम्म

पर्वत पोर्तेल

अघिल्लो साता कोशीमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा बन्दना झाँगड पनि राज्यमन्त्री बनिन् । उनले अल्पसंख्यक झाँगड समुदायबाट पहिलोपटक मन्त्रीको रुपमा इतिहास रचेकी छन् ।

बाती बनाउने प्रतियोगिताका पाँच मिनेट 

बाती बनाउने प्रतियोगिताका पाँच मिनेट 

आनन्द गौतम

फुङलिङ नगरपालिका-११ फुरुम्वूकी सुकमाया फुरुम्वू धुपको धुलो लगाएर बाती बनाइ रहन्थिन् । आफूले बनाएको धुप बिक्री पनि गर्छिन् । तर यही विधाको प्रतियोगितामा भने उनी अहिलेसम्म सहभागी भएकी थिइनन् ।

कोशी बाट थप
भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

शंकर आचार्य

सशस्त्र प्रहरीले पर्सामा शनिवार र आइतबार २ दिनमा गरी करिब १४ लाख रुपैयाँ बराबरका तस्करीको मालसामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्सा अर्न्तगतका बिभिन्न  युनिटहरुबाट खटिएका टोलीले १३ लाख ९३ हजार ५ सय ४० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएका छन् । 

सीमा नाका तीन दिन बन्द हुने 

सीमा नाका तीन दिन बन्द हुने 

शंकर आचार्य

छिमेकी राष्ट्र भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गरी सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । 

अख्तियारको कर्मचारी भन्दै \'बार्गेनिङ\' गर्ने व्यक्ति पक्राउ

अख्तियारको कर्मचारी भन्दै 'बार्गेनिङ' गर्ने व्यक्ति पक्राउ

विनय आजाद

अख्तियार दुरुपयोग अनुसन्धान, आयोगको कर्मचारी भन्दै सिरहाका विद्यालयहरूमा 'बार्गेनिङ' गर्ने एक जना पक्राउ परेका परेका छन् ।

ग्रामीण क्षेत्रमा सेनाको स्वास्थ्य शिविर

ग्रामीण क्षेत्रमा सेनाको स्वास्थ्य शिविर

ओमप्रकाश ठाकुर

नेपाली सेनाले सर्लाहीको ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सात सयभन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण गराएका छन् । 

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

कान्तिपुर संवाददाता

जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । 

मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

कान्तिपुर संवाददाता

भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । 

मधेस बाट थप
पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

प्रताप विष्ट

चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त टोलीले चोरी गरिएका पाँच वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

सुवास विडारी

ठूला दललाई संसदीय समिति सभापतिको भागबण्डा मिलाउन वाग्मती प्रदेशमा विशेषाधिकार समिति गठन गरिएको छ । 

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

ललितपुरबाट हेटौंडा तर्फ आइरहेको कार मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर भएका छन् । शनिबार बिहान साढे ७ बजे कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै ग३च९४७५ नम्बरको कार सडकबाट करिब ४ सय मिटर खसेर दुर्घटना भएको हो । 

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

सुवास विडारी

नेपाली कांग्रेसले वाग्मती प्रदेशसभामा दुई वटा समितिको सभापति मात्रै उम्मेदावरी दर्ता गराएको छ ।

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

सुवास विडारी

दलहरूबीच भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप गरिएको छ ।

हात्तीको आक्रमणबाट राईको मृत्यु

हात्तीको आक्रमणबाट राईको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो  । 

वाग्मती बाट थप
लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

आश गुरुङ

लमजुङको दोर्दी गाउँपालिकामा पर्ने किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवकको मृत्यु भएको छ ।

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

कान्तिपुर संवाददाता

तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।

स्वास्थ्य संस्था \'ईएमआइएस\' प्रणालीमा

स्वास्थ्य संस्था 'ईएमआइएस' प्रणालीमा

प्रकाश बराल

जैमिनी नगरपालिकाको १० वटा वडामा रहेका स्वास्थ्य चौकीले दैनिक कति बिरामीको स्वास्थ्य परीक्षण भयो ? कुन रोगका बिरामी आए ? भन्ने समेत छुट्टाएर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउँछन् । केन्द्रले पनि दैनिक उपचारमा आएका बिरामीको बर्गीकरण सहित नगरपालिकाको स्वास्थ्य शाखामा रिपोर्टिङ गर्छ ।

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

हरिराम उप्रेती

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ विरौटाका १६ वर्षीय मनिष भन्ने मेष तामाङको मुगेस्थित चेपेखोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

नवीन पौडेल

पूर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

चार किलो गाँजासहित एक जना पक्राउ

चार किलो गाँजासहित एक जना पक्राउ

आश गुरुङ

लमजुङ प्रहरीले ४ किलो ३०५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ७ का ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । 

गण्डकी बाट थप
पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

काशीराम डाँगी

रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रोल्पा नगरपालिका-४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर लु ३ त ३४०२ नम्बरको पानी ट्यांकर दुर्घटनामा परेको थियो । सोही ट्यांकरमा सवार रोल्पाको लुङरी गाउँपालिका-६ गुम्चालकी ४३ वर्षीया रुपसरी विष्टलाई च्यापेको थियो ।

लागूऔषधसहित चार जना पक्राउ 

लागूऔषधसहित चार जना पक्राउ 

कमल पन्थी

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२, फटाहास्थित नेपाल–भारत सिमानामा शंकास्पद रूपमा भारतबाट लुकीछिपी आइरहेको अवस्थामा शंका लागि चेक गर्दा २ सय मिलिग्राम उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौँ बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

एम्बुलेन्सको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु, २ घाइते

एम्बुलेन्सको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु, २ घाइते

घनश्याम गौतम

एम्बुलेन्सको ठक्करबाट बुटवलनजिकै बेलबासमा आइतबार बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । 

लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो  

लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो  

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका रोल्पा र रुकुमबाहेक सबै जिल्लामा हिउँदे (चैते) धान खेती हुन्छ । हरेक वर्ष चैते धान खेती गर्नेको क्षेत्रफल घट्दो छ । उत्पादन पनि वृद्धि हुन सकेको छैन । 

बर्दियामा गर्मीले जनजीवन प्रभावित

बर्दियामा गर्मीले जनजीवन प्रभावित

कमल पन्थी

बर्दियामा शनिबार अत्यधिक गर्मी र तातो लु चलेपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको दिउँसोको तापक्रम ४२ डिग्री पुगेको छ । 

लुम्बिनी बाट थप
मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

ज्योति कटुवाल

२०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् । 

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

विप्लव महर्जन

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

बबईमा डुबेर दुई जनाको मृत्यु 

बबईमा डुबेर दुई जनाको मृत्यु 

विप्लव महर्जन

बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

कर्णाली बाट थप
कापी किताबसँगै दाउराको भारी

कापी किताबसँगै दाउराको भारी

मेनुका ढुंगाना

मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

अर्जुन शाह

सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

महाकालीमा पौडी खेल्न गएका किशोर बेपत्ता

महाकालीमा पौडी खेल्न गएका किशोर बेपत्ता

भवानी भट्ट

महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९, ढकनाघाटनजिकै स्थानीय १७ वर्षीय विष्णु सुनार बेपत्ता भएका हुन् । 

खप्तडमा रक्तदान

खप्तडमा रक्तदान

मोहन शाही

ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सुदूरपश्चिमको मुख्यन्यायाधिवक्तामा शाही 

सुदूरपश्चिमको मुख्यन्यायाधिवक्तामा शाही 

अर्जुन शाह

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । 

सुदूरपश्चिम बाट थप

वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्रा पहिलो

पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया पहिलो भएका छन् । महिलातर्फ भने सुमित्रा चौधरी पहिलो भइन् । दुवै विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरे । राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डमा दोस्रो तथा धर्म महर्जन १ घण्टा १९ मिनेट ५८ सेकेन्डमा तेस्रो भए ।

दीपक पहिलो र राजपुरा तेस्रोपल्ट च्याम्पियन

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा दीपक पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले लगातार तेस्रो जितेर उपाधिमाथि ह्याट्रिक गरिन् ।

बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान

बायर लेभरकुजनले शनिबार जर्मन बुन्डेसलिगामा पूरा सिजन अपराजित रहने पहिलो टिमका रूपमा कीर्तिमान बनाएको छ । उसले लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हरायो । यससँगै बायरको यो सिजन तीन उपाधि जित्ने सपना पनि कायम रह्यो ।

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

मेयर्स कप महिला क्रिकेट : सुदूरको साहसलाई रोक्दै एपीएफ च्याम्पियन

कविता जोशी र लक्ष्मी साउदको साहसलाई पन्छाउँदै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता जितेको छ ।

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँधै पुसको जाडो(डिसेम्बर ११)मा आयोजना हुने गर्थ्यो । २१ औं संस्करणदेखि भने किम्फले गर्मीयाम रोजेको छ। जाडोमा छोटो दिन, चिसो उस्तै । विहे, ब्रतबन्धदेखि अन्य पर्वले पुस व्यस्त महिना ! किम्फ फाउन्डेसनले रोजेको जेठ महिना; पर्यटक आउने महिना, पर्वतारोहण गर्ने समय पनि ! दिन पनि लामो, फिल्म पनि अबेरसम्म देखाउन पाइने ।

सन् २०१८ मा आजकै दिन : ह्यारी र मेगनको विवाह

सन् २०१८ मा आजकै दिन (मे १९) मा बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गरेका थिए । ह्यारी बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा हुन् ।

अफगानिस्तानमा फेरि बाढी, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा फेरि भीषण वर्षापछि आएको बाढीमा ठूलो जनधनको क्षति भएको छ । अफगानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र हजारौँ घरहरू ध्वस्त भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । 

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।

बीपीको ढाडसले जोगिएको कृष्ण पाउरोटी

नेपालमा पाउरोटीको स्वाद चखाउने पहिलो व्यक्ति हुन्– कृष्णबहादुर राजकर्णिकार । उनले सात दशकअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । यो व्यवसाय उनका छोराहरूमा पुस्तान्तरण हुँदै अहिले नातिनीहरूको हातमा आइपुगेको छ । यतिबेला कृष्णबहादुरका कान्छा छोरा ८३ वर्षीय घनश्याम राजकर्णिकारको नेतृत्वमा उनका तीन छोरीले हजुरबुवाको विरासत धानिरहेका छन् ।

वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए

वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त संख्यामा बिरुवा रोपिएका हुन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.