इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटना
इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरान न्युज एजेन्सीका अनुसार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।
इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरान न्युज एजेन्सीका अनुसार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि इस्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन् । उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरु रोकिएको बताए ।
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कस्तो संसदीय अभ्यास गर्ने भन्ने कुराको तय हुनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम अनियमिततामा रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको संलग्नताको छानबिन गर्न संसदीय समिति माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ ।
मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।