मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ
दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाकाे खाग किनबेच गरेकाे आराेेपमा चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले ६ जनालाई पक्राउ गरेको छ । घाँस दाउरा गर्न जंगल गएका बेला मरेर सडेगलेकाे अवस्थामा भेटिएकाे गैँडाकाे खाग झिकेर राखेकाे लामाे समयपछि बिक्री गर्ने क्रममा उनीहरू समातिएका हुन् ।