‘जीडीपी ५७ खर्ब पुगेकाले १७ खर्बसम्मको बजेट ठीक हुन्छ’
केही व्यावसायिक घरानाअनुकूल बजेट बनाएको भन्दै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीप्रति विमति जनाएर २०६७ सालमा अर्थसचिवबाट राजीनामा दिएका रामेश्वर खनाल सुशासन र बजेटरी प्रणालीमा गहिरो ज्ञान राख्नेमा पर्छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार हुँदै भट्टराईले नै अघि बढाएको नयाँ शक्ति पार्टीमा खनाल केही समय सक्रिय रहे ।