प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन
प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक कांग्रेस सांसदहरुले अवरोध पुर्याएका छन् । बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरु वेल घेराउ पुगेका थिए । उनीहरुले 'सहकारी पीडितलाई न्याय दे', 'सहकारी ठगलाई कारबाही गर', 'संसदीय छानबिन समिति गठन गर' लगायत नारा लगाएका थिए ।