२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बजेटमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कार्यान्वयन भएन : अग्रवाल

काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालू आर्थिक वर्षको बजेटमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएतापनि हालसम्म उक्त व्यवस्था लागू हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी समिट २०२४ को उद्घाटन सत्रमा अध्यक्ष अग्रवालले आगामी वर्ष यो व्यवस्थालाई अनिवार्य गरिनु पर्ने बताएका हुन् ।

बजेटमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कार्यान्वयन भएन : अग्रवाल

‘सरकारले स्वदेशी वस्तुको पहिचानका लागि एक वेवपोर्टलको निर्माण गर्नुपर्छ,’ उनले भने, ‘परिसंघले सञ्चालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पुरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरू समेत सो पोर्टलमा समावेस गर्ने व्यवस्था कायम गरिनुपर्छ ।’ पोर्टलमै वस्तुको मुल्य, उपलब्ध परिमाण तथा सो को गुणस्तर समेत उल्लेख हुनुपर्ने व्यवस्था कायम गरि उक्त पोर्टलमा उपलब्ध रहेका स्वदेशी बस्तुहरू नै खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था कायम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सरकार तथा परिसंघद्वारा सञ्चालित ‘मेक इन नेपाल स्वदेशी अभियान’ले तयार पारेको स्वदेशी वस्तुहरू सम्मिलित एकिकृत बीटुबी पोर्टललाई समेत उपयोगमा ल्याउन सकिने उनले जानकारी दिए । स्वदेशी वस्तुहरुको प्रबद्र्धन, प्रोत्साहन मिल्ने एवं आर्थिक सुशासनका लागि समेत सहयोगी हुने हुँदा आगामी बजेटमा नै यसलाई समावेश गर्न समेत उनले आग्रह गरे ।

आगामी आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक थरि करहरूलाई एकिकृत गर्दै सिमित प्रकारका करहरू (आयकर, भन्सार, अन्तःशुल्क तथा मुल्य अभिबृद्धि कर) मात्र रहने व्यवस्था कायम गर्न उनले आग्रह गरे । ‘मूल्य अभिबृद्धि करलाई बहुदरको (०, ५, १३ तथा १८) बनाइ यस करमा आवद्ध हुनुपर्ने न्युनतम कारोवारको सीमालाई समेत कम गरि सबै करदातालाई यसै करमा आवद्ध गरिनुपर्दछ,’ उनले भने, ‘नेपाली वस्तुलाई भारतीय वस्तु तथा बजार मुल्यसंग प्रतिस्पर्धी बनाउन र अनाधिकृत व्यापार नियन्त्रण गर्न समेत सहयोग पुग्नेछ ।’

प्रकाशित : वैशाख २५, २०८१ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?