२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

डिजिटल बिमालेखको पूर्वाधार निर्माण गर्न बिमा प्राधिकरणको निर्देशन

काठमाडौँ — बिमा कम्पनीहरुलाई डिजिटल बिमालेखका आवश्यक पूर्वाधार निर्माण गर्न नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । प्राधिकरणले डिजिटल बिमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

डिजिटल बिमालेखको पूर्वाधार निर्माण गर्न बिमा प्राधिकरणको निर्देशन

आइतबार काठमाडौंमा आयोजित डिजिटल बिमालेख सम्बन्धी छलफल एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बिमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी लागत न्यून गर्न र सेवाप्रवाहलाई छिटोछरितो बनाउन निर्देशन दिएका हुन् ।

‘आगामी १५–२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर संचालनमा ल्याउने तयारी गर्नुस,’ उनले भने, ‘प्राधिकरण क्रमिक रूपमा डिजिटलाइजेसनमा अगाडि बढिरहेको छ, बिमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्छ ।’ कम्पनीका आ–आफ्ना विशेषताहरूलाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बिमकका संघसंस्थाहरूलाई अग्रसर हुन पनि उनले आग्रह गरे ।

यस्तै कम्पनीहरुले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकताअनुसार नयाँ बिमालेख ल्याउन पनि प्राधिकरणले भनेको छ । ‘हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बिमालेख ल्याउनुस,’ अध्यक्ष सिलवालले भने, ‘भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एकमात्र माध्यम भनेको बिमा हो ।’

लघुबिमा कम्पनीलाई न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबिमा व्यवसाय गर्न इजाजत पत्र दिइएको अध्यक्ष सिलवालले प्रस्ट्याए ।

प्रकाशित : वैशाख २४, २०८१ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?