कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण, जीडीपी ५७ खर्ब ५ अर्ब  

काठमाडौँ — चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले यस्तो देखाएको हो ।

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण, जीडीपी ५७ खर्ब ५ अर्ब  

यो चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्यभन्दा कम हो ।

चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । कार्यालयका अनुसार उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

यस्तै, यस आर्थिक वर्षको अन्त्यसम्म अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकार ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्रमा देखिएको शिथिलताले गत आवमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा चालु आवमा केही सुधार भए पनि लक्ष्यभन्दा धेरै कम हो ।

कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयको छ ।

प्रकाशित : वैशाख १८, २०८१ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?