लगानी सम्मेलनमा दुई वटा सम्झौता

काठमाडौँ — तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता भएको छ । आज काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा दुई वटा सम्झौता भएको हो ।

लगानी सम्मेलनमा दुई वटा सम्झौता

डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको छ । बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले हस्ताक्षर गरेका हुन् । नेपालमा विश्वस्तको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निर्माणका लागि एमओयु भएको हो ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्धन गर्ने गरी सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल र नेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसियका अध्यक्ष टान स्री दातो सो थीयान लाईले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : वैशाख १६, २०८१ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?