९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगिसक्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगिसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंको चन्द्रागिरिमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा माता तीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो दाबी गरे ।

९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगिसक्यो : प्रधानमन्त्री दाहाल

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए । उनले उत्पादित जलविद्युत् देशभित्र नै खपत गर्नेगरी विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताए ।

प्रधानमन्त्री दाहालले विद्युत् खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताए । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताए ।

‘देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्न नेपाल सरकारले विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको छ । यसले विद्युत खपत बढाउनका लागि ठूलो दिशानिर्देश गर्नेछ । विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार मात्रै भएको छैन, यसले पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको छ,' उनले भने, 'सरकारी र निजी क्षेत्रबाट देशभर चार्जिङ स्टेशनहरु स्थापित भइरहेका छन् । अहिले करिव ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । '

दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको समेत बताए ।

प्रकाशित : वैशाख १६, २०८१ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?