कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु 

काठमाडौँ — चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ । बुधबार बिहान गुआङ्दोङ प्रान्तमा 'एक्सप्रेस वे' भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु 

बुधबार बिहान २ बजेतिर मेइचौ-दाबु एक्सप्रेसवे भत्किएको हो । सडकको करिब १७‍.९ मिटर लामो भाग भत्किएको छ । गत हप्ता चीनकै सबैभन्दा बढी जनसंख्या भएको गुआङ्दोङ प्रान्तमा आकस्मिक बाढी आएको थियो । उक्त बाढीमा कम्तीमा ४ जनाको मृत्यु भएको थियो भने १ लाख १० हजार विस्थापित भएका थिए ।


प्रकाशित : वैशाख १९, २०८१ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?