कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आयुष्नोभा बनिन् 'मिस इन्टरकन्टिनेन्टल नेपाल'

काठमाडौँ — डाक्टर आयुष्नोभा ढुंगाना 'मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छिन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित 'मिस्टर एन्ड मिस नेस्नल नेपाल २०२४'मा ढुंगानाले यो उपाधि जितेकी हुन् । 

आयुष्नोभा बनिन् 'मिस इन्टरकन्टिनेन्टल नेपाल'

उपाधिसँगै 'मिस एलिगेन्स'समेत जितेकी छन् । कलाकारिता र चिकित्सा पेसालाई एकसाथ बढाइरहेकी ढुंगानाले बंगलादेशबाट एमबीबीएस गरेकी हुन् ।

प्रतियोगितामा आयुष्नोभासँगै सजिना खनालले 'मिस सुप्रा नेसनल-२०२४' र धीरजकाजी बस्नेतले 'मिस्टर सुप्रानेसनल २०२४' को उपाधि प्राप्त गरे ।

त्यस्तै, 'मिस ग्लोबल नेपाल २०२४'बाट मोनिका अधिकारी र 'मिस्टर इन्टरनेसनल नेपाल २०२४'बाट क्षितिज श्रेष्ठ क्षेत्रीले उपाधि चुमे । सनुर्वी इन्टरनेसनलले आयोजना गरेको यो प्रतियोगितामा २९ प्रतिस्पर्धी सहभागी थिए ।

प्रकाशित : वैशाख २१, २०८१ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?